Like us!
Follow us!
Connect us!
Watch us!

ढकालको संयोजकत्वमा पूँजी तथा वित्त बजार संघ गठन, समस्या समाधानमा पहल गर्ने

अर्थ संसार

शनिबार, २६ जेठ २०८१, १९ : ४२ मा प्रकाशित

ढकालको संयोजकत्वमा पूँजी तथा वित्त बजार संघ गठन, समस्या समाधानमा पहल गर्ने

नेकपा एमालेले सागर ढकालको संयोजकत्वमा पुँजी तथा वित्त बजार संघ गठन गरेको छ । नेकपा एमालेको जनसंगठन उद्योग तथा व्यवसायी महासंघ ले आफ्नो वस्तुगत संघका रुपमा रहने गरि ढकालको संयोजकत्वमा पूँजी बजार तथा वित्त बजार संघ गठनको घोषणा गरेको हो । 

यसैगरी उक्त संघको उपाध्यक्षमा कृष्ण गिरी, महासचिवमा कुमार पौडेल र कोषाध्यक्षमा बलराम राई चयन भएका छन् । सचिवमा डिल्लीराम पंगेनी चुनिएका छन् ।

सदस्यहरुमा संजिव ढकाल, वीरबहादुर तामाङ, तेजप्रसाद अर्याल, बुद्धिराज ढकाल, राजेश कार्की, दिपक अधिकारी, संगीता तिमल्सिना, सुरज खड्का र प्रकाश भुसाल चयन भएका छन् । 

संघको सल्लाहकारमा राजकुमार तिमिल्सिना, तिलक कोइराला, राधा पोखरेल र धर्म राजसापकोटा चुनिएका छन् ।

यो संघ पूँजीबजार सम्बन्धि एमालेको पहिलो र आ धिकारिक संघ हो ।

संघको गठनसँगै अवका दिनमा पुँजी बजारमा देखिएका समस्या समाधानमा सशक्त रुपमा आवाज उठाउने संयोजक ढकालले बताए । यसगरी अहिलेको सरकारले पुँजी र वित्त बजारको समस्या समाधान गर्न कुनै पहल नगरेको भन्दै  अब संभागत रुपमै समस्या समाधानमा पहल गर्ने प्रतिवद्रता जाहेर गरे ।

यसैगरी महासंघका संयोजक भागिरथ सापकोटाले अवका दिनमा नव गठित ६३ लाख लगानी कर्ताको हितमा काम गर्नुपर्ने बताए । साथै यो संघ पार्टीको आधिकारिक संस्था भएकाले पुंजी वित्त वजार मैत्री नीति नियम बनाउन पार्टीको होक तह र तप्कामा पुगेर पहल गरिने जानकारी दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको