Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले ‘बदनाम गर्ने’ षड्यन्त्र गर्यो,ज्ञानेन्द्रलाई नजरबन्द गर्न खोज्यो भन्दै सुवेदीले निकाले विज्ञप्ति

अर्थ संसार

शनिबार, १६ चैत्र २०८१, ११ : १३ मा प्रकाशित

सरकारले ‘बदनाम गर्ने’ षड्यन्त्र गर्यो,ज्ञानेन्द्रलाई नजरबन्द गर्न खोज्यो भन्दै सुवेदीले निकाले विज्ञप्ति

काठमाडौंको तीनकुनेमा भएको आन्दोलन घोषणा सभामा प्रहरीको हस्तक्षेपका कारण सभा बिथोलिएको भन्दै संयुक्त जनआन्दोलन समितिले कडा प्रतिक्रिया जनाएको छ। संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा आन्दोलनका सहभागीमाथि गोली प्रहार, अश्रुग्याँस प्रहार र दमन गरिएको आरोप लगाइएको छ। समितिले घटनामा मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै हिंसात्मक घटनाको घोर भर्त्सना गरेको छ।

विज्ञप्तिमा जनकमाण्डर दुर्गा प्रसाईंमाथि पक्राउ पूर्जी जारी गरिएको, राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, धवलशमशेर राणा, प्रवक्ता स्वागत नेपाल लगायत नेताहरूलाई पक्राउ गरिएको र आफूलाई समेत नजरबन्दमा राखिएको उल्लेख गरिएको छ। साथै, पूर्व राजालाई बदनाम गराउने उद्देश्यसहित नजरबन्द वा पक्राउको तयारी भइरहेको दाबी गरिएको छ।

संयुक्त जनआन्दोलन समितिले जनचाहना र जनविद्रोहबाट उत्पन्न आन्दोलन कुनै पनि नेताको इसारामा नचलेको स्पष्ट पार्दै, सरकारको दमनको विरोधमा देशभर शान्तिपूर्ण आन्दोलन हुने चेतावनी दिएको छ। देशभक्त नागरिकको स्वतःस्फूर्त सहभागिता रहनुपर्ने उल्लेख गर्दै विज्ञप्तिमा ‘विषम परिस्थितिमा कसैले व्यक्तिगत स्वार्थका लागि फाइदा उठाउने प्रयास नगरोस्’ भन्ने आग्रह गरिएको छ।

67e785b01cf07.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको