Like us!
Follow us!
Connect us!
Watch us!

'गभर्नर नियुक्तिमा तानातान अस्वीकार्य, मलाई सबै थाहा छ, सेटिङ्ग नगर्नुहोस्" -प्रचण्ड

अर्थ संसार

शनिबार, १६ चैत्र २०८१, १८ : २६ मा प्रकाशित

'गभर्नर नियुक्तिमा तानातान अस्वीकार्य, मलाई सबै थाहा छ, सेटिङ्ग नगर्नुहोस्" -प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गभर्नर नियुक्तिमा सेटिङ्ग र स्वार्थभन्दा मेरिटलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

शनिबार सम्पन्न प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै उनले वर्तमान सरकारको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाए। "सरकार एउटा एउटा नियुक्तिका के गरिरहनु भएको छ भन्ने कुरा मलाई थाहा छ। म भर्खर प्रधानमन्त्रीको पदबाट हटेको छु, त्यसैले कहाँ के सेटिङ्ग गर्न खोज्दै हुनुहुन्छ, कस्तो तरिका अपनाउनु भएको छ, मलाई सबै थाहा छ," उनले भने।

अर्थतन्त्र सुधारको सन्दर्भमा प्रचण्डले राष्ट्र बैंकको गभर्नर नियुक्ति विषयलाई जोड दिंदै भने, "अहिले नेपालको अर्थतन्त्र कठिन अवस्थामा छ, तर सुधार गर्न सकिँदैन भन्ने होइन। सबै मिलेर अगाडि बढे अर्थतन्त्र सुधार गर्न सकिन्छ। तर गभर्नर नियुक्तिमा तानातान गर्नुहुन्न।"

उनले बैंकिङ्ग प्रणालीमा सुधार ल्याउने सक्षम व्यक्ति चयन गर्नुपर्नेमा जोड दिए। "गभर्नर योग्य र मेरिटको आधारमा आउनुपर्छ। बैंकिङ्ग प्रणाली सुधार गर्ने सोच राख्ने व्यक्तिलाई ल्याउनु पर्छ। तर यदि को मेरो मान्छे, को तेरो मान्छे भनेर कसलाई ल्याउँदा कति फाइदा हुन्छ भन्ने सोचियो भने त्यसले अर्थतन्त्र सुधार गर्दैन," प्रचण्डले स्पष्ट पारे।

उनले सरकारलाई पारदर्शिता अपनाउन र राष्ट्रको हितलाई केन्द्रमा राखेर निर्णय लिन आग्रह गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको