नेप्से २९.८२ अंकले बढेर २,६९३ बिन्दुमा बन्द भएको छ । आज ३२३ कम्पनीको १ करोड ५५ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५६ करोडको सेयर कारोबार भएको छ ।
यसदिन १२ वटा उपसूचक हरियाली भएका छन् । आज बैंकिङ समूहको ०.९९ प्रतिशत, विकास बैंक समूहको ०.९३ प्रतिशत, फाइनान्स समूहको २.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४८ प्रतिशतले सेयरमूल्य बढेको छ ।
आइतबार २२ कम्पनीको सेयरमूल्य घटेको छ भने २२२ कम्पनीको बढेको छ ।आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६९ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै प्रभु स्मार्ट फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५.७९ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस