अर्थ संसार, काठमाडौं– जनता बैंकले प्रस्ताव गरेको १४ दशमलब ४ प्रतिशत बोनस सेयर प्रस्ताव पारित भएको छ । शुक्रबार सम्मपन्न भएको बैंकको बार्षिक साधारणसभाले उक्त बोनस सेयर प्रस्ताब पारित गरेको हो ।
बैंकको चुक्ता पुंजी ८ अर्ब ७ करोड पुगेको छ । यससंगै साबिकको त्रिबेणी र सिद्धार्थ डेभलपमेन्ट बैंकलाई क्रमश मर्ज र प्राप्ति गरेको जनता बैंकले राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुँजीको मापदण्ड पुरा गरेको छ ।
बैंकले ११३ शाखा, २६ शाखा रहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु र १०२९ कर्मचारीहरु मार्फत बैंकले ५ लाख भन्दा बढी ग्राहकलाई सेवा पुर्याउदै आएको छ । साधारणसभाले केही नयाँ वोर्ड सदस्य समेत चयन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस