Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेका नवनियुक्त सीईओ चुडामणि चापागाईँले पाए नियुक्ति पत्र

अर्थ संसार

मंगलबार, १९ चैत्र २०८१, १५ : १९ मा प्रकाशित

नेप्सेका नवनियुक्त सीईओ चुडामणि चापागाईँले पाए नियुक्ति पत्र

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँले आफ्नो नियुक्ति पत्र ग्रहण गरेका छन्।

राजस्व सचिव दिनेशकुमार घिमिरेले चापागाईँलाई नेप्सेको सीईओका रूपमा नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्नि। युक्ति पत्र ग्रहणसँगै उनले नेप्सेमा आफ्नो कार्यकाल सुरु भएको छ। 

नेप्सेको सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले गत फागुन १२ गते सूचना प्रकाशित गरी फागुन १८ गतेसम्म नेप्सेको सीईओमा आवेदन खुला गरेको थियो। त्यसपछि तोकिएको अवधिभित्र ३ दिन सार्वजनिक बिदा परेको भन्दै समितिले ७ दिन म्याद थप गर्दै फागुन २५ गतेसम्म आवेदन खुला गरेको थियो। सिफारिस समितिले नेप्सेको सीईओका लागि परेका १० आवेदकमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको थियो सर्टलिस्टमा चापागाइँसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल पर्न सफल भएका थिए। बाँकी ४ उम्मेदवारलाई पछि पार्दै चापागाइँ सीईओ बन्न सफल भएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको