Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वराजालाई विश्वप्रकाशको चुनौती: श्रीपेच चिह्न लिएर चुनाव जित्नुस्!

अर्थ संसार

शनिबार, २३ चैत्र २०८१, १८ : ५६ मा प्रकाशित

पूर्वराजालाई विश्वप्रकाशको चुनौती: श्रीपेच चिह्न लिएर चुनाव जित्नुस्!

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रत्यक्ष जनादेशको परीक्षा दिन खुला चुनौती दिएका छन्। झापाको मेचीनगरस्थित धुलाबारीमा आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पूर्वराजालाई संविधानको बाटो अवलम्बन गर्न आग्रह गरे।

“२०८४ मा चुनाव हुँदैछ। यदि तपाईंलाई लाग्छ, जनताको साथ तपाईं सँगै छ भने, ‘श्रीपेच’ चिह्न लिएर चुनावमा जानुस्। दुई तिहाई मत ल्याएर संविधान संशोधन गर्नुहोस्। तब मात्रै नयाँ व्यवस्था ल्याउने तपाईंको चाहना वैधानिक ठहर्छ,” शर्माले कडा लहजामा भने।

उनका अनुसार संविधानको मूल मर्मलाई चुनौती दिँदै सडकमा नाराबाजी गर्ने अभ्यासले मुलुकलाई अराजकतातर्फ धकेल्ने खतरा रहन्छ। उनले स्पष्ट गरे, “लोकतान्त्रिक गणतन्त्र संविधानसभाको विधिसम्मत निर्णय हो। यो परिवर्तनलाई उल्ट्याउने एउटै बाटो छ—जनमत।”

शर्माले वर्तमान संविधानले कसैलाई पनि ‘हुकुमद्वारा’ व्यवस्था परिवर्तन गर्ने अधिकार नदिएको स्मरण गराए। “अब जनताले वंश होइन, विचार र कर्म हेरेर प्रतिनिधि छान्छन्। त्यो यथार्थ हो,” उनले थपे।

यसैबीच उनले राजावादी आन्दोलनमा संलग्नलाई ‘भावनामा बगेको’ भन्दै राज्य प्रणालीमा फेरबदल गर्न चाहने सबैलाई लोकतान्त्रिक प्रक्रियाको मार्ग अवलम्बन गर्न आग्रह गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको