Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षक महासंघद्वारा शैक्षिक हड्तालको घोषणा,शैक्षिक गतिविधि सबै ठप्प गरिने

अर्थ संसार

आइतबार, २४ चैत्र २०८१, १० : १९ मा प्रकाशित

शिक्षक महासंघद्वारा शैक्षिक हड्तालको घोषणा,शैक्षिक गतिविधि सबै ठप्प गरिने

नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा गरेको छ।

शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले अब शैक्षिक हड्ताल घोषणा गरेको हो ।देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ 

यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि शैक्षिक गतिविधि नगर्न आग्रह समेत गरिएको छ।

महासंघले यसलाई अन्तिम र निर्णायक आन्दोलन समेत भनेको छ। शिक्षकहरूले पटकपटक नयाँ कानून बमोजिम उपयुक्त शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्। आज शिक्षकहरूले सिठ्ठी बजाउदै आन्दोलन गर्ने तयारी गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको