Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य बिमाको १६ अर्ब भुक्तानी गर्न बाँकी, बोर्डको खातामा जम्मा १ अर्ब

अर्थ संसार

सोमबार, २५ चैत्र २०८१, ०९ : २१ मा प्रकाशित

स्वास्थ्य बिमाको १६ अर्ब भुक्तानी गर्न बाँकी, बोर्डको खातामा जम्मा १ अर्ब

स्वास्थ्य बिमा कार्यक्रमको रकम एक लाखबाट बढाएर पाँच लाख पुर्‍याउने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ । तर, अवस्था यस्तो छ कि यस कार्यक्रमअन्तर्गत सेवा दिएका निजी र सरकारी गरी ४८४ स्वास्थ्य संस्थाले आठ महिनायताको साढे १६ अर्ब  भुक्तानी पाएका छैनन्, जसकारण सेवा पनि प्रभावित हुन थालेको छ । 

स्वास्थ्य बिमा बोर्डले आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन देखिएको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले कोषमा आम्दानीका सीमित स्रोत र घाटा बजेटले समस्या देखिएको बताए । 

उनले भने, ‘चालु आर्थिक वर्षको फागुन मसान्तमा बोर्डमा जम्मा एक अर्ब रकम रहेको छभने भुक्तानी दिनुपर्ने रकम १६ अर्ब ४५ करोड छ । यस्तो आम्दानी र खर्च बिचको अन्तर निरन्तर फराकिलो हुँदै गएको छ । चालु आर्थिक वर्षमा बोर्डले जम्मा २६ अर्ब ५९ करोडको बजेट स्वीकृत गरेको छ तर प्राप्त हुने रकम स्वीकृत बजेटको एक तिहाइ मात्र हुने देखिन्छ ।’

काफ्लेका अनुसार स्वास्थ्य बिमा कोषमा बढ्दो दायित्व र प्रत्येक वर्ष कोषले घर भाडाबापत दुई करोड ३४ लाख भुक्तानी दिँदै आएको छ । त्यसैगरी समयमै भुक्तानी दिन नसक्नुको अर्को कारणमा रुजु गर्न सक्ने क्षमता न्यून गरेको बोर्डले औंल्याएको छ । बोर्डका अनुसार दैनिक भुक्तानीको दाबी संख्या ३० देखि ४० हजारको हाराहारीमा आउने गरेको छ । तर शाखाको दैनिक रूजु गर्ने क्षमता भने ७ हजार मात्रै छ ।

दाबी समीक्षामा अपर्याप्त दक्ष जनशक्ति र अवलम्बन गरिएको विधि तथा प्रक्रिया आफैमा कमजोर रहेकाले दाबी परीक्षण समयमै हुन नसक्दा सेवा प्रदायक संख्या मर्कामा पर्दै आएका छन् ।

‘२०८१ फागुन मसान्तसम्ममा बोर्डमा प्राप्त भई समीक्षा नभएको दाबी करिब ९० लाख छ । प्राप्त दाबीको समयमै परीक्षण सक्ने कार्य चुनौतीपूर्ण छ,’ डा. काफ्ले भन्छन् ।’ डा. काफ्लेका अनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाले बोर्डमा रियल टाईम दाबी पेस गर्न सकेका छैनन् । बिल भरपाई पनि विद्युतीय हुन सकेका छैनन भने कतिपय सेवा प्रदायकले बिल भरपाई अपलोडसम्म गर्न सकेका छैनन् ।

हाल बोर्डमा २६ जना दरबन्दीमा र २२ जनाले करारमा काम गरिहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको