स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहमा केही अस्पताल तथा स्वास्थ्य संस्थाले बीमित सेवाग्राहीलाई दुःख दिएको,आवश्यक सेवा नदिएको र विभिन्न बहाना बनाएर सेवा दिन आनाकानी गरेको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कडा चेतावनी दिएको छ।
बोर्डले सबै सेवा प्रदायक संस्थालाई बीमित बिरामीलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउन आग्रह गरेको छ। अनुगमनका क्रममा केही संस्थाले अग्रिम समय लिनुपर्ने व्यवस्था लागू गरेको, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरेको तथा आवश्यक सेवा, सुविधा र औषधि उपलब्ध नगराएको भेटिएको बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ लगायत प्रचलित कानुनविपरीत गतिविधि नगर्न बोर्डले स्पष्ट निर्देशन दिएको छ। यदि अनुगमनका क्रममा कुनै संस्थाबाट नियमविपरीत कार्य भएको पुष्टि भएमा ऐनअनुसार कडा कारबाही गरिने बोर्डले जनाएको छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस