Like us!
Follow us!
Connect us!
Watch us!

वातावरणमैत्री बैंकिङतर्फ नबिलको पहल, 'नबिल दिगो बचत खाता' सार्वजनिक

अर्थ संसार

मंगलबार, २६ चैत्र २०८१, ०८ : २८ मा प्रकाशित

वातावरणमैत्री बैंकिङतर्फ नबिलको पहल, 'नबिल दिगो बचत खाता' सार्वजनिक

दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरणलाई प्रोत्साहन गर्न नबिल बैंकले 'नबिल दिगो बचत खाता' सार्वजनिक गरेको छ। वातावरणीय जिम्मेवारीलाई आत्मसात गर्दै बैंकले दिगो बैंकिङको अवधारणा अनुरूप यो नविनतम खाता सार्वजनिक गरेको हो।

नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन (Net Zero) को लक्ष्य लिएको सन्दर्भमा बैंकले कार्बन न्यूनीकरणमै लक्षित गर्दै यो योजना ल्याएको हो। खातामा जम्मा हुने कुल निक्षेपको ०.५ प्रतिशत रकम बैंकले वातावरण संरक्षणमा खर्च गर्ने जनाएको छ।

बैंकका अनुसार उक्त रकम वन पुनःस्थापना तथा वृक्षरोपण, नवीकरणीय ऊर्जा प्रबद्र्धन, फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा तथा पानीसम्बन्धी परियोजनामा लगानी गरिनेछ।

नियमित बचतकर्ताका नाममा वृक्षरोपण

खातामा अर्धवार्षिकरूपमा औसत रु ५० हजार मौज्दात राख्ने सेवाग्राहीको नाममा टोकन स्वरूप एकपटकका लागि वृक्षरोपण गरिने बैंकले जनाएको छ। यस योजनाबाट सेवाग्राहीलाई वित्तीय लाभ मात्र नभई वातावरणमैत्री काममा पनि प्रत्यक्ष सहभागी बनाइनेछ।

विशेष सुविधा प्याकेज

‘नबिल दिगो बचत खाता’ अन्तर्गत न्यूनतम मौज्दात रु १०,००० कायम गर्नुपर्नेछ। खाता खोल्ने ग्राहकले निम्न सुविधा प्राप्त गर्नेछन्:

  • पहिलो वर्ष निःशुल्क नबिल डेबिट तथा क्रेडिट कार्ड

  • लकर सेवामा २५% छुट

  • योग्य ग्राहकलाई बीमा सुविधा

  • डिजिटल बैंकिङ प्रवद्र्धन अन्तर्गत एनबैंक र एनबैंक वेभ सेवा आजीवन निःशुल्क

डिजिटल र कागजरहित बैंकिङमा जोड

नबिल बैंकले यस खातामार्फत डिजिटल र कागजरहित बैंकिङ प्रणालीलाई समेत प्रवद्र्धन गर्ने जनाएको छ। यसले वातावरणीय संरक्षणमा थप योगदान पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ।

बैंकले २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ। ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नबिल बैंकले ‘नबिल दिगो बचत खाता’मार्फत दिगो भविष्य निर्माणतर्फ ठोस पाइला चालेको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको