यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसका लागी वैशाख २० गते वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको सभा ललितपुरको कुपण्डोलस्थित आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि शुरू हुनेछ।
सभाले सर्वसाधारणलाई सेयरको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, वित्तीय कार्ययोजना तय गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस