Like us!
Follow us!
Connect us!
Watch us!

डिजिहबले ल्यायो नयाँ टीएमएस

अर्थ संसार

शुक्रबार, २९ चैत्र २०८१, १७ : ५५ मा प्रकाशित

डिजिहबले ल्यायो नयाँ टीएमएस

डिजिहब प्रालिले टीएमएस सार्वजनिक गरेको छ । सेयर कारोबारलाई सहज, छरितो र स्वचालित बनाउने उक्त प्लेटफर्म ५ प्रमुख ब्रोकर कम्पनीमा लाइभ भइसकेको छ ।

यो प्रणाली अहिले पाँच वटा ब्रोकर कम्पनीमार्फत प्रयोगमा आइसकेको जनाएको छ। नयाँ टीएमएसले सेयर किनबेच गर्ने प्रक्रिया छिटो, सजिलो र स्वचालित बनाउने जनाएको छ। यो प्रणाली मोबाइल कम्प्युटर र वेबमा प्रयोग गर्न मिल्नेछ।

यसमा एकैचोटि धेरै अर्डर राख्न सकिने, सेयरको मूल्य हेरेर तुरुन्त निर्णय गर्न सकिने, सबै जानकारी एउटै स्क्रिनमा देखिने र कारोबार गर्न सजिलो हुने जस्ता फिचरहरू भएको कम्पनीले जनाएको छ।

त्यसैगरी, सुरक्षित र नियन्त्रित कारोबार सुनिश्चित गर्ने एडभान्स रिस्क मोड्युल, एक क्लिकमा अर्डर राख्ने, अन्तिम कारोबार मूल्यको आधारमा पोर्टफोलियो ट्र्याक गरी रियल–टाइम नाफा/नोक्सान हेर्न सकिने र धेरै अकाउन्ट सजिलै व्यवस्थापन गर्न सकिने चाइल्ड अकाउन्ट म्यानेजमेन्ट सुविधा पनि यसमा रहेको कम्पनीले जनाएको छ ।

अबको केही समयभित्र यो सेवा अरू ब्रोकर कम्पनीहरूमा पनि विस्तार गरिने डिजिहबले जनाएको छ। 

डिजिहब एक अग्रणी फिनटेक कम्पनी हो, जसले प्रविधिमा आधारित समाधानहरूद्वारा वित्तीय सेवामा नवीनता ल्याउँदै आएको छ । अन्तर्राष्ट्रिय मापदण्डहरूलाई स्थानीय आवश्यकतासँग मिलाएर, डिजिहबले नेपालमा डिजिटल वित्तीय क्रान्ति ल्याउने कार्यमा निरन्तर योगदान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको