इसेवा र नेपाल एसबिआई बैंकबीच विद्युतीय कारोबार सम्बन्धी साझेदारी भएको छ । यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्नेछन् ।
दुबै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यका साथ गएको हप्ता एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरी सेवाको प्रारम्भ गरेका हुन् । साझेदारी पश्चात अब बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् भने इसेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा वालेटमा भएको रकम बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन् ।
यसै साथ अब इसेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाको संख्या ५१ पुगेको छ । नेपाल एसबिआइ बैंक पनि इसेवामा आवद्ध भए पश्चात नेपालको डिजिटल वित्तीय सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवा र नेपाल एसबिआई बैंक बीच भएको यस सम्झौताप्रति खुशी व्यक्त गर्दै, यस सहकार्यले दुवै संस्था बिच हुने रकम ट्रान्सफरको अनुभवलाई सहजता र सरलता प्रदान गर्ने विषयमा जोड दिएका छन् ।
साथै यस सम्झौताले ग्राहकको अमूल्य समय बचाउने र डिजिटल कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने कुरा समेत उनले उल्लेख गरेका छन् । खड्काले आउने दिनहरुमा ग्राहकको हित तथा सहजताका लागि आवश्यकता अनुसार थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस