गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले वैशाख ५ गतेका लागि तय गरेको विशेष साधारणसभा अन्तिम समयमा आएर स्थगन गरेको छ। कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणले विशेष साधारणसभा नगर्न निर्देशन दिएपछि कम्पनीले कार्यक्रम स्थगित गर्न बाध्य भएको हो।
उक्त सभाबाट कम्पनीले १:१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने योजना बनाएको थियो। तर अब सभा स्थगित भएसँगै हकप्रद सेयर निष्काशन सम्बन्धी प्रक्रिया अन्योलमा परेको छ।
पुँजी वृद्धि गर्न खोजेको कम्पनीको योजना यतिबेला रोकिएको छ भने, यसले लगानीकर्ताहरूमा नयाँ जिज्ञासा र आशंका समेत जन्माएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस