Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले ४ कम्पनीलाई राख्यो ‘ब्ल्याकलिस्ट’ मा ,सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने

अर्थ संसार

विहीबार, ०४ बैशाख २०८२, ०८ : ४८ मा प्रकाशित

सरकारले ४ कम्पनीलाई राख्यो ‘ब्ल्याकलिस्ट’ मा ,सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने

सरकारले ४ वटा कम्पनीलाई ब्ल्याकलिस्ट (कालोसूची)मा राखेको छ। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राखेको हो ।

तीमध्ये २ वटा कम्पनीलाई १ वर्ष ६ महिना र २ वटा कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ। कार्यालयले बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि, श्री गौरीगोमा निर्माण सेवा, एसएम कन्सट्रक्सन र राना फर्निचर सःमिल उद्योगलाई कालोसूचीमा राखेको छ। तीमध्ये बिल्ड ब्रदर्स कन्स्ट्रक्सन र श्री गौरीगोमा निर्माणलाई १ वर्षका लागि तथा एसएम कन्स्ट्रक्सन र रराना फर्निचर सःमिललाई १ वर्ष ६ महिनाका लागि कालोसूचमिा राखिएको छ।

अब यी कम्पनी कालोसूचीमा राखिएको अवधिभरि सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको