Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच साझेदारी

अर्थ संसार

विहीबार, ०४ बैशाख २०८२, ११ : ५१ मा प्रकाशित

प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच साझेदारी

प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.–९ स्थित शान्ति बन वाटिकाको कृषि बजार व्यवस्थापन समितिबीच वैशाख १ गते व्यवसायिक साझेदारी सम्झौता भएको छ।

कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट विक्री वितरण भइरहदा दैनिक हुने आर्थिक कारोवारलाई सहज बैंकिङ पहुँच सहित डिजिटल माध्यममा रुपान्तरण गरी व्यवसायिक कारोवारमा सहजीकरणको उद्देश्यलाई प्रभु बैंक लिमिटेड र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।

सम्झौता अनुसार अबदेखि कास्की तथा अन्य जिल्लाबाट ल्याइने फलफूल र तरकारी लगायतका कृषि उपजहरू स्टलमार्फत डिजिटल माध्यमबाट किनबेच गर्न प्रभु बैंकले सहज बैंकिङ्ग सेवा, क्यूआर कोडबाट भुक्तानी, डिजिटल कारोबार प्रणाली र इन्टरनेटको सुविधा उपलब्ध गराउने छ।

सम्झौतामा समितिका अध्यक्ष नवराज दुवाडी र प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले हस्ताक्षर गरेका छन्। प्रभु बैंकले भविष्यमा आवश्यकता अनुसार कृषि बजारमा संलग्न व्यवसायीहरूलाई कर्जा सुविधा पनि दिने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको