शुक्रबार बिहानदेखि देशभरका धेरैजसो सरकारी वेबसाइटहरू एकाएक बन्द भएका छन् । जसले नागरिकलाई आवश्यक सूचना र सेवा लिनै नसक्ने अवस्थामा पुर्याएको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रसहित संघ, सिडिएस एण्ड क्लियरिङ लिमिटेड ,प्रदेश र स्थानीय तहका सरकारी वेबसाइटहरूमा ठूलो अवरोध देखिएको हो।
सिंहदरवारस्थित एकीकृत डाटा व्यवस्थापन केन्द्रले विद्युत आपूर्तिमा व्यवधान उत्पन्न भई यस प्रकारको समस्या उत्पन्न भएको जनाएको छ ।
‘यस केन्द्रको विद्युतीय प्रणाली अन्तर्गतको लो भोल्टेज प्यानलको अटोमेटिक ट्रान्सफर्मर स्वीचमा समस्या आई विद्युत आपूर्तिमा व्यवधान उत्पन्न भई मर्मत गर्नुपर्ने भएकोले यस केन्द्रबाट प्रवाह हुने सेवाहरु आज मिति २०८२ वैशाख ५ गते शुक्रबार विहान ८ बजेदेखि करिब २ घण्टा अवरुद्ध हुने हुँदा सो अवधिका लागि यस केन्द्रमा होस्ट भएका प्रणालीहरु यथाशिघ्र बन्द गर्नुहुन सूचित गरिन्छ’, केन्द्रको सूचनामा भनिएको छ ।
सूचनामा २ घण्टा भनिएपनि यो समाचार तयार पार्दासम्म वेबसाइटहरुमा अवरोध कायमै देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस