Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको ८६ हजार बढी कित्ता सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, २६ बैशाख २०८२, १२ : १८ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको ८६ हजार बढी कित्ता सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ८६ हजार ४७४ कित्ता सयर बिक्रीमा राखिएको हो। यो सयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।

यसअघि सेयर खरिदका लागि ३५ दिनको समय दिएर बैंकका संस्थापक सेयरधनीहरुबाट निवेदन माग गरिएको थियो। तर, संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदनपछि अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिएको हो।

अब इच्छुक लगानीकर्ताले १५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय दिनुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको