Like us!
Follow us!
Connect us!
Watch us!

आरबीबीएल डिबेन्चरमा आवेदन दिने आज अन्तिम मौका

अर्थ संसार

शुक्रबार, १२ बैशाख २०८२, ०७ : ४२ मा प्रकाशित

आरबीबीएल डिबेन्चरमा आवेदन दिने आज अन्तिम मौका

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जारी गरेको "७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८" मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले आज नै ऋणपत्र बिक्री बन्द गर्ने निर्णय गरेको हो।

यसअघि, पर्याप्त आवेदन नपरेको अवस्थामा निष्कासन अवधि वैशाख २१ गतेसम्म लम्ब्याउने भनिए पनि अपेक्षाभन्दा बढी आवेदन परेपछि समय थप नगर्ने निर्णय बैंकले लिएको हो।

बैंकले नेपाल धितोपत्र बोर्डबाट चैत १२ गते स्वीकृति पाएपछि २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासनमा ल्याएको हो। प्रतिकित्ता मूल्य १,००० रुपैयाँ रहेको ऋणपत्रमध्ये ६०% व्यक्तिगत तर्फबाट, ५% सामूहिक लगानी कोषतर्फ छुट्याइएको छ भने बाँकी ९ लाख ५० हजार कित्ता सर्वसाधारणलाई खुला गरिएको थियो।

सात वर्षे अवधिको यस डिबेन्चरमा वार्षिक ७ प्रतिशत ब्याज प्रदान गरिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण उपलब्ध कित्ताका लागि आवेदन दिन सक्ने प्रावधान छ।

यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको