दोर्दी खोला कम्पनी लिमिटेडले निष्कासन गरेर बन्द समेत गरिसकेको हकप्रद सेयरमा आवेदन प्रक्रिया पुनः ३ दिनका लागि खुलाएको छ।
कम्पनीले आज एक सूचना प्रकाशित गरी हकप्रद सेयर भर्न छुटेका सेयरधनीहरुले वैशाख १४ गतेआइतबार बैंकिङ समयसम्म फेरि आवेदन दिन सक्ने व्यवस्था गरेको हो।
कम्पनीले गत चैत १९ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो सेयरमा वैशाख ८ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। कम्पनीले हाल कायम चुक्तापुँजीको सतप्रतिशत अर्थात कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, वीरगन्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस