हालै २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीयअवस्था सार्वजनिक गरे । तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार १० वटा वाणिज्य बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ । बैंकहरुले सार्वजनिक गरेको यस अवधिसम्मको वित्तीय विवरणअनुसार १० वटा बैंकको प्रतिसेयर आम्दानी गत वर्षको यही अवधिको तुलनामा घटेको हो ।
तथ्यांकअनुसार यस अवधिमा गत आवको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको ईपीएस ०.०८ पैसाले घटेको छ । त्यस्तै सिद्धार्थको ०.२१ रुपैयाँ, स्ट्यान्डर्ड चार्टडको ५.७५ रुपैयाँ, लक्ष्मी सनराइजको ०.२४ रुपैयाँ, कुमारीको ३.९ रुपैयाँ, सिटिजसको २.६७ रुपैयाँले घटेको छ। त्यस्तै, कृषि विकासको ६.३१ रुपैयाँ, प्राइम कमर्सियलको ४.४६ रुपैयाँले प्रतिसेयर आम्दानी घटेको छ ।
गत आवको तुलनामा सबैभन्दा बढी इपीएस घट्ने बैंकमा एनआईसी एशिया र हिमालयन बैंक रहेका छन् । एनआईशी एशियाको गत वर्षको सोही अवधिको तुलनामा यस त्रैमाससम्मको अवधिमा १५.८८ रुपैयाँले घटेको छ । यस्तै, हिमालयनको ८.९१ रुपैयाँले घटेको छ । त्यस्तै, गत वर्षको यही अवधिमा स्ट्याण्डर्ड चार्टडको ३४.६ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । जुन, वाणिज्य बैंकहरुमध्येको सबैभन्दा धेरै हो ।
कुन बैंकको कति ?
एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरु मध्ये नै सबैभन्दा बढी छ । हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ३५.६१ रुपैयाँ रहेको छ । यो प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै हो ।
स्ट्याण्डर्ड चार्टडको २८ रुपैयाँ ८६ पैसा प्रतिसेयर आम्दानी रहेको छ । नेपाल बैंकको २५.२६ रुपैयाँ, नबिलको २५.५ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २०.१७ रुपैयाँ प्रतिसेयर आम्दानी छ । कुमारीको १ रुपैयाँ ४५ पैसा प्रतिसेयर आम्दानी रहेको छ । तथ्यांकअनुसार एनआईसीको ईपीएस सबैभन्दा न्यून छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस