अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले १ सय र हजार रुपैयाँ दरका सिक्का (कमोमोरेटिभ क्वाइन) निकाल्ने भएको छ ।
त्रिचन्द्र क्याम्पस स्थापना भएको सय वर्ष पुगेको अवसरमा राष्ट्र बैंकले १ सय र १ हजार दरका ३ः३ हजार सिक्का बजारमा ल्याउने भएको हो ।
त्रिचन्द्र क्याम्पसको आग्रहमा सिक्का निकाल्ने निर्णय गरिएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।
एक सय रुपैयाँको सिक्का क्याप्रिनिकलको तथा एक हजार दरको सिक्का चाँदीको रहने छ । सिक्का अबको १ महिनाभित्र आउने पण्डितले जानकारी दिए। यो व्यावसायिक प्रयोजनका लागि नरहेको तर संग्रह गर्न चाहनेले लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस