Like us!
Follow us!
Connect us!
Watch us!

भोलि देशभर सार्वजनिक बिदा, सेयर कारोबार नहुने

अर्थ संसार

बुधबार, १७ बैशाख २०८२, १३ : ५४ मा प्रकाशित

भोलि देशभर सार्वजनिक बिदा, सेयर कारोबार नहुने

सरकारले भोलि देशभरी सार्वजनिक बिदा दिएको छ। वैशाख १८ गते बिहीबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा दिइएकाे हाे। 

श्रमिकहरूको सम्मानमा प्रत्येक वर्ष वैशाख १८ गते (मे १ तारिख) मनाइने विश्व मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा दिइने सरकारको निर्णय छ । यस दिन देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सेयर बजार लगायतका निकायहरू बन्द रहने छन्  ।

सरकारी कार्यालयसँगै निजी क्षेत्रका कतिपय संस्थाहरू पनि यो अवसरमा बिदा दिने गरेका छन् । विश्व मजदुर दिवसको दिन विभिन्न श्रमिक संगठनहरूद्वारा र्‍याली, सभा, गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिँदै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको