Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार बागमती प्रदेशमा सार्वजनिक बिदा

अर्थ संसार

विहीबार, २२ साउन २०८२, १६ : ३८ मा प्रकाशित

आइतबार बागमती प्रदेशमा सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारलेआइतबार (साउन २५) गते गाईजात्रापर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार उक्त निर्णय प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो । निर्णयअनुसार बागमती प्रदेशभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था र निजी संघसंस्थाहरू पनि सो दिन बन्द रहनेछन् ।

गाईजात्रा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा नेवार समुदायले विशेष रूपमा मनाउने प्रमुख सांस्कृतिक पर्व हो। पितृ सम्झनाको प्रतीकस्वरूप मनाइने यस पर्वमा गाईको स्वरूपमा टोलटोल घुम्ने परम्परा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको