Like us!
Follow us!
Connect us!
Watch us!

अझै ४ सय २१ वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी

विहीबार, ०४ माघ २०७४, १५ : ४५ मा प्रकाशित

अझै ४ सय २१ वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्न निर्देशन दिएपछि हालसम्म ३ सय ३१ स्थानमा बैंकका शाख सञ्चालनमा आएका छन् ।

सरकारले चालु आर्थिक वर्ष २०७३/७४ भित्र सवै स्थानीय तहमा वाणिजय बैंक पर्याउने लक्ष्य लिएको छ । ५ महिनाभित्र ३ सय ३२ वटा स्थानीय तहमा वाणिज्य बैंक पुगेका छन् ।

जम्मा ७ सय ५३ वटा स्थानीय तह मध्ये अझै ४ सय २१ वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न सेकेको छैन ।  शाखा विस्तार गर्नुपर्ने स्थानीय तहमा ४९ ओटा नगरपालिका छन् ।

तीमध्ये ४८ ओटामा शाखा खोल्न बैंकहरूले प्रस्ताव पेश गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ  । यसबाहेक शाखा विस्तार गर्नुपर्ने अरू सबै स्थानीय तह गाउँपालिका हुन् ।

5a60734729fbf.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको