Like us!
Follow us!
Connect us!
Watch us!

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ सूचीकृत, कति छ सुरुवाती कारोबार मूल्य ?

अर्थ संसार

विहीबार, १८ बैशाख २०८२, ०९ : ५२ मा प्रकाशित

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ सूचीकृत, कति छ सुरुवाती कारोबार मूल्य  ?

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ नेप्सेमा सूचीकृत भएको छ ।

बुधबार कम्पनीको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो । यस कम्पनीले सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर सूचीकृत गरेको हो ।नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर अब वैशाख २१  गते, आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

ओमको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको