जीवन विकास लघुवित्त वित्तीय संस्थाको १ लाख ३३ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
संस्थाको संस्थापक समूहको १ लाख ३३ हजार ३०२ कित्ता सेयर आज वैशाख २४ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरमध्ये ४ हजार ३० कित्ताको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ र बाँकी सेयरको ५३० रुपैयाँ तोकिएको छ।
सेयर खरिदका लागि न्यूनतम २५० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। बोलपत्र मोरङको कटहरीस्थित संस्थाको केन्द्रीय कार्यालय वा धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको काठमाडौंको बालुवाटारस्थित कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ ७ गते अपराह्न ३ बजेसम्म रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस