Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले दलाल र बिचौलियाको प्रतिनिधित्व गरिरहेको छ - सांसद पार्की

अर्थ संसार

बुधबार, २४ बैशाख २०८२, १२ : ०५ मा प्रकाशित

सरकारले दलाल र बिचौलियाको प्रतिनिधित्व गरिरहेको छ -  सांसद पार्की

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा राष्ट्रिय सभा सदस्य जगत पार्कीले बर्तमान सरकारले आम जनताको हित भन्दा पनि दलाल र बिचौलियाको प्रतिनिधित्व गरीरहेको आरोप लगाएका छन् । मंगलबार राष्ट्रिय सभामा बोल्दै सांसद पार्कीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका जनताको विकास र समृद्धिसँग सम्बन्धित मुद्दालाई बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

बिचौलियाहरुको पहुँच प्रधानमन्त्री केपी शर्मा ओलिको सुत्ने बेडसम्म नै रहेको दावी गर्दै उनले भने, ‘सरकारले जति सुकै राम्रो नीति तथा कार्यक्रम ल्याएको भएपनि त्यसलाई कार्यन्वयन गर्न उचित व्यवस्थापन पनि आवश्यक पर्दछ । कार्यन्वयनको ठाउँमा रहेका कुलमान जस्ता कर्मचारीहरुलाई बर्खास्त गर्ने यो सरकारले बजेटको कार्यन्वय गर्छ भनेर कुनै विश्वास नै छैन् ।’

‘सरकारका यी क्रियाकलाप र घटनाक्रमलाई राम्रो संग हेर्दा खेरी यो सरकार राष्ट्र र जनताको पक्षमा काम गरीरहेको छ भन्ने मलाई लाग्दैन् । त्यस कारणले हामीले यो नीति तथा कार्यक्रमको आलोचना गरीरहेका छौं’ सांसद पार्कीले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको