Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालयले स्वीकृत ऋण नदिँदा रुकुमका स्थानीय तह संकटमा परे - जनार्दन शर्मा

अर्थ संसार

शुक्रबार, ०२ जेठ २०८२, ११ : ५९ मा प्रकाशित

अर्थ मन्त्रालयले स्वीकृत ऋण नदिँदा रुकुमका स्थानीय तह संकटमा परे - जनार्दन शर्मा

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले अर्थ मन्त्रालयले स्वीकृत ऋण नदिँदा रुकुमका स्थानीय तहहरू गम्भीर संकटमा परेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले रुकुमका स्थानीय सरकारहरूको पूर्ण स्वामित्वमा रहेको स्यार्पु हाइड्रो परियोजनाका लागि स्वीकृत ऋण अर्थ मन्त्रालयबाट अझै उपलब्ध नगराइएको भन्दै तत्काल ऋण फुकुवा गर्न माग गरे।

'स्थानीय सरकारहरूको स्वामित्वमा रहेको स्यार्पु हाइड्रोका लागि स्वीकृत ऋण अर्थ मन्त्रालयले अड्काएको छ,' सांसद शर्माले भने, 'ऋण नपाउँदा ती स्थानीय तहहरू संकटमा परेका छन्।'

त्यसैगरी, उनले मध्यपहाडी लोकमार्गका विभिन्न खण्डहरू वर्षौंदेखि अलपत्र परेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए।

'बागलुङ, पूर्वी रुकुम र पश्चिम रुकुम खण्ड, साथै भेरी पुल समेत निर्माणमा ढिलाइ भएको छ,'शर्माले भने, 'ठूला ठेकेदारहरू जिम्मेवारीपूर्वक काम नगरी अलपत्र पारेका छन्। सरकार गम्भीर होस्।'

उनले लोकमार्ग निर्माणमा देखिएको लापरवाही तत्काल रोक्न र ठेकेदारहरूको जवाफदेहिता सुनिश्चित गर्न सरकारलाई आग्रह गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको