Like us!
Follow us!
Connect us!
Watch us!

माओवादी सांसदको प्रश्न– यो अघोषित लोडसेडिङ हो ? या कमजोर व्यवस्थापनको परिणाम हो ?

अर्थ संसार

विहीबार, ०१ जेठ २०८२, १२ : ३४ मा प्रकाशित

माओवादी सांसदको प्रश्न– यो अघोषित लोडसेडिङ हो ? या कमजोर व्यवस्थापनको परिणाम हो ?

नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले हाल अघोषित लोडसेडिङबारे जनस्तरबाट गुनासा आउन थालेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाइएपछि विद्युत् आपूर्ति प्रभावित हुन थालेको जनगुनासो बढेको बताए।

'भर्खरै पूर्वी नेपालको विभिन्न स्थानमा म पुगेँ, अधिकांश ठाउँमा बत्ती गइरहेको देखियो,' सांसद किरातीले भने, 'जनताले कुलमानको बर्खास्तीपछि बत्ती जान थालेको भन्दै व्यापक असन्तुष्टि व्यक्त गरेका छन्।'

उनले यो अघोषित लोडसेडिङ हो कि व्यवस्थापन कमजोरीको परिणाम हो भन्ने प्रश्न पनि उठाए।

त्यस्तै, उनले घिसिङको कार्यकालमा नाफामा रहेको विद्युत् प्राधिकरण हाल घाटामा गएको भन्दै आशंका व्यक्त गरे। "नयाँ प्रबन्ध निर्देशकद्वारा प्रस्तुत श्वेतपत्रअनुसार प्राधिकरण अचानक संकटग्रस्त देखिन थालेको छ,'उनले भने, 'के यो प्राधिकरणलाई कौडीको भाउमा बेच्ने प्रपञ्चको पूर्वतयारी हो?'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको