द्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व बृद्धि गरि निर्यात प्रवद्र्धनमा लाग्न आग्रह गरेका छन्।
बिहिबार देखी काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण उद्घाटन समारोहको सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रका उपयुक्त मागहरु समाधान गर्नेगरी नीतिगत सुधारको काम गरिरहेको बताए।
नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उनले सरकार औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवद्र्धनका लागि नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेकोमा जोड दिए। मन्त्री भण्डारीले आगामी साउन १५ गतेभित्र संस्थानका रुपमा रहेका नेपालका रुग्ण उद्योगहरूलाई नयाँ मोडालिटीका साथ अघि बढाउने बताए।
मेलामा नेपाल स्थिति थाइल्याण्ड र इजरायल,युएइका राजदूत अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का देशिय निर्देशक तथा अमेरिका, रुस, पाकिस्तान, बंगलादेशका राजदुतावासका आर्थिक मामिला प्रमुखहरुको समेत सहभागिता रहेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस