उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानीमैत्री वातावरण निर्माणमा जुटिरहेको बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५ मा बोल्दै मन्त्री भण्डारीले एनआरएनएका तर्फबाट आएका पुँजी एकीकरण र लगानी प्रवर्द्धनसम्बन्धी मागहरूप्रति सरकार गम्भीर र प्रतिबद्ध रहेको उल्लेख गरे।
उनले नेपालका आर्थिक विकास र समृद्धिमा गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभव अमूल्य साझेदार बन्ने विश्वास व्यक्त गरे। 'समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न एनआरएनहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले सरकार त्यसअनुसारको नीतिगत सहकार्यमा अग्रसर रहेको बताए।
मन्त्री भण्डारीका अनुसार, उद्योग र अन्तर्राष्ट्रिय व्यापारको पूर्वाधार विकास, युवा सहभागिता, स्टार्टअप र नवउद्यम प्रोत्साहन, तथा उत्पादनशील अर्थतन्त्र निर्माणमा मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको छ।
उनले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न छुट, सहुलियत र प्रोत्साहन कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए। त्यस्तै, औद्योगिक लगानीको वातावरण सुधार, विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना, आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा घटाउने लक्ष्यसहित कानुनी र प्रक्रियागत सुधारहरू गरिएको बताए।
निर्यात प्रवर्द्धन र उपभोगमुखी आयात नियन्त्रणका लागि सरकारले चालेका कदमले सकारात्मक नतिजा दिन थालेको मन्त्री भण्डारीको दाबी छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस