आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारको नीति तथा कार्यक्रममा खुलेआम लुट्ने र भ्रष्टाचारको रकम विदेशमा थुपार्ने मूल प्रवृत्ति रोक्ने र फिर्ता ल्याउने प्रतिबद्धतासहित नआएको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि आजको छलफलमा भाग लिँदै साहले राज्यको उच्च ओहोदामा रहेका व्यक्तिहरुले खुलेआम लुट्ने र भ्रष्टाचारको रकम विदेशमा थुपार्ने मूल प्रवृत्ति रहेको भन्दै उनले त्यो पैसा स्वदेश फर्काउनुपर्ने गरी नीति तथा कार्यक्रम नआएको बताए ।
‘नीति तथा कार्यक्रममा ती लुटका पैसाहरु, भ्रष्टाचारको कालोधन रोक्छौं र फिर्ता ल्याउँछौं भन्ने प्रतिबद्धता आउनुपर्थ्यो, त्यसरी नीति आउनुपर्थ्यो तर दुर्भाग्य भन्नुपर्छ जस्ट उल्टो,’ आज संसदमा उनले भने, ‘खुलेआम लानुस्, आरामसँग लानुस् भन्ने टाइपको नीति तथा कार्यक्रम देखिन्छ ।’
विदेशमा लाखौं युवाहरुले आफ्नो खुन पसिना चुहाएर पैसा पठाइरहेको र त्यसकै रेमिट्यान्सले देश चलिरहेको भन्दै उनले प्रश्न गरे, ‘म सरकारलाई सोध्न चाहन्छु त्यो पैसा जनताको लागि हो कि भ्रष्टाचारीको लागि हो ? ' विदेश पलायन भएका युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना हुने योजना तथा कार्यक्रम गरी नीति तथा कार्यक्रममा नराखिएको भन्दै साहले सरकारको आलोचना गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस