Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावर कम्पनीको तेस्रो त्रैमास - खुद नाफा २१ करोड, कस्तो छ समग्र वित्तीय अवस्था ?

अर्थ संसार

सोमबार, २९ बैशाख २०८२, १० : ५६ मा प्रकाशित

बुटवल पावर कम्पनीको तेस्रो त्रैमास -  खुद नाफा २१ करोड, कस्तो छ समग्र वित्तीय अवस्था  ?

बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको अधिकांश वित्तीय सूचकहरूमा सामान्य वृद्धि देखिएको छ। 

१६.७९ प्रतिशतले बढ्यो खुद नाफा

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २१ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी

कम्पनीको विद्युत बिक्री आम्दानी २.७६ प्रतिशत बढेर ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी ७.२० प्रतिशत र सञ्चालन मुनाफा १४.६५ प्रतिशत बढेको छ ।

प्रतिसेयर आम्दानी

यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ १८ पैसा बढेर ८ रुपैयाँ २३ पैसा पुगेको छ।

प्रतिसेयर नेटवर्थ/मूल्य आम्दानी अनुपात

सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.४७ गुणा रहेको छ।

चुक्ता पूँजी/अन्य इक्विटी

३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको