बुटवल पावर कम्पनीले आफ्नो स्वामित्वमा रहेको न्यादी हाइड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ।
बुटवल पावरले आज एक सूचना जारी गर्दै न्यादी हाइड्रोपावरको सेयर बिक्री गर्न लागेको जानकारी गराएको हो। न्यादी हाइड्रोपावरमा बुटवल पावरको नाममा १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता सेयर रहेको छ। त्यसमध्ये ३१ लाख कित्ता सेयर बुटवल पावरले दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस