पछिल्लो समय बुटल पावर कम्पनीको सेयरमूल्यमा चमक देखिएको छ । यो कम्पनीको सेयरमूल्य पछिल्ला दिनहरुमा बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
यो कम्पनीको सेयर मूल्य पछिल्लो एक महिनाको अवधिमा करिक सतप्रतिशतले वृद्धि भइरहेको छ । यो कम्पनीको सेयरमूल्य जेठ ४ गतेदेखि असार ४ गतेसम्मको अवधिमा ९२.३२ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा २२ दिन सेयर बजारमा कारोबार भएको छ । यी २२ दिनमध्ये यो कम्पनीको सेयरमूल्य १६ दिन बढेर कारोबार भएको छ भने ६ दिन मात्रै घटेको छ । जेठ ४ गते ४५४ रुपैयाँ ५५ पैसा रहेको यो कम्पनीको सेयरमूल्य असार ४ गते ८७७ रुपैयाँ १३ पैसा पुगेको छ । यो एक महिनाको अवधिमा यो कम्पनीको सेयरमूल्य ४२२ रुपैयाँ ५८ पैसाले वृद्धि भएको हो ।
आजको कारोबार जारी रहँदा पनि यो कम्पनीको सेयरमूल्य बढेर ८८३ रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनाको अवधिमा सेयर बजारमा सबै भन्दा उच्च वृद्धि भएको सेक्टर नै हाइड्रोपावर हो । यो अवधिमा समग्र सेयर बजार परिसूचक १.६८ प्रतिशतले वृद्धि हुँदा पनि हाइड्रोपावर क्षेत्र भने ७.८९ प्रतिशतले बढेको छ ।
हाइड्रोपावर सेक्टरको सूचक बढेको मात्रै छैन, कारोबार रकममा समेत उच्च वृद्धि भएको छ । एक महिना पहिलेसम्म कुल कारोबारमा ५० प्रतिशत हाराहारी हाइड्रोपावर सेक्टरको हुने गरेकोमा अहिले ७० प्रतिशतसम्म पुग्न थालेको छ । बुधबार मात्रै ९ अर्ब ८ करोड माथिको कारोबार हुँदा हाइड्रोपावर क्षेत्रको मात्रै ६ अर्ब ३ करोड बढीको कारोबार भएको थियो । जुन जम्मा कारोबारको ६६ प्रतिशत हुन आउँछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस