बुटवल पावर कम्पनी लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) रद्द गरेर हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ।
कम्पनीको चैत्र २२ गते बसेको संचालक समितिको बैठकले यस अघि प्रस्ताव गरिएको प्रति सेयर १०० का दरका १,००,००,००० (एक करोड) कित्ता प्रिमियम मूल्यमा एफपिओ रद्द गर्ने निर्णय गरेको हो।
त्यस्तै सोहि बैठकले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न साधारण सभामा प्रस्ताव पेश गर्नका लागि विद्युत नियमन आयोगको पूर्वस्वीकृति लिने निर्णय गरेको छ । कम्पनीको हलको चुक्ता पूँजी ३,४०,९०,६४,६०० रहेको छ । सो अनुसार प्रस्तावित हकप्रद सेयर रकम १,३६,३६,२५,८०० हुन आउने कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस