Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी जलविद्युत तथा चेपे खोलाको वित्तीय व्यवस्थापन

अर्थ संसार

सोमबार, २९ बैशाख २०८२, ११ : ३३ मा प्रकाशित

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी जलविद्युत तथा चेपे खोलाको वित्तीय व्यवस्थापन

एनएमबि बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक र डायनामिक हाइड्रो इनर्जी प्रालिबीच दोलखाको विगु गाउँपालिकामा रहेको ४२ मेगावाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ।

एनएमबि बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन भएको यस आयोजनाको लागत करिब ७ अर्ब रूपैयाँ रहने जानकारी दिइएको छ। यसमध्ये बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ५ अर्ब २५ करोड रूपैयाँ रहनेछ। 

साथै एनएमबि बैंक लि.ले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ । २ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत  ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंक लि.ले रु. ३४ करोड ऋण लगानी गर्ने भएको छ ।

एनएमबि बैंक लि.को तर्फबाट दिनेश दुलाल – चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ तथा डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. को तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरे । एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरे ।

सोही कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले एनएमबि बैंकमा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सुक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराए ।

साथै मोहन बिक्रम कार्कीले एनएमबि बैंकसँग यस परियोजना सहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको