जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहित २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र सार्वजनिक गर्दै सगरमाथा संवाद २०२५ आइतबार सम्पन्न भएको छ।
समापन समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले घोषणापत्र सार्वजनिक गर्दै संवादको औपचारिक समापन गरिन्।
उनले हिमाली क्षेत्रदेखि समुद्री टापु राष्ट्रसम्म जलवायु परिवर्तनका कारण देखा परेका समस्याहरूबारे अन्तर्राष्ट्रिय समुदायमा चासो बढाउन सगरमाथा संवाद सफल भएको बताइन्।
मन्त्री राणाका अनुसार संवादमा उठाइएका विषयवस्तु र सुझावहरू अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गरिनेछ। साथै, जलवायु संकट न्यूनीकरणका लागि साझा प्रतिबद्धता निर्माण गर्न सगरमाथा संवाद ऐतिहासिक कदम सावित भएको उनले उल्लेख गरिन्।
उनले निष्कर्षहरूको कार्यान्वयनका लागि सबै पक्षको सामूहिक प्रयास अपरिहार्य रहेकोमा जोड दिइन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस