Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना कति ?

अर्थ संसार

सोमबार, ०५ जेठ २०८२, १० : ५७ मा प्रकाशित

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना  कति ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ५ बजेतिर बस्ने तयारी छ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिलाई पूर्णता दिइसकेको हुँदा, आजको बैठकमा नयाँ गभर्नर नियुक्ति हुने प्रबल सम्भावना रहेको छ। हाल सिफारिस समितिमा अर्थमन्त्री विष्णु पौडेल, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी, र अर्थविद् डा. पोषराज पाण्डे सदस्यको रूपमा रहेका छन्। यस समितिले योग्य उम्मेदवार छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ।

कानुनी प्रावधानअनुसार, सिफारिस समितिको सिफारिसमा मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्न सक्ने व्यवस्था छ। यदि आजको बैठकले निर्णय लिन्छ भने, नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको