Like us!
Follow us!
Connect us!
Watch us!

११ ब्रोकर र क्यापिटल परे सेबोनको कारबाहीमा, कुन-कुन छन् ?

अर्थ संसार

सोमबार, ०५ जेठ २०८२, १२ : १८ मा प्रकाशित

११ ब्रोकर र क्यापिटल परे सेबोनको कारबाहीमा, कुन-कुन छन् ?

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नियमको पालना नगरेका ११ वटा ब्रोकर तथा क्यापिटल कम्पनीलाई लिखित रूपमा सचेत गराएको छ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ को दफा १८(१) को पालना नगरेको भन्दै सेबोनले ती संस्थाहरूमाथि सचेतना कारबाही गरेको हो।

सचेत गराइएका ब्रोकर तथा क्यापिटल कम्पनी

- ब्लुचिप सेक्युरिटिज

- प्रोपर्टी विजार्ड 

- स्टक्स्कार्टस सेक्युरिटिज

- सुमेरु सेक्युरिटिज

- रोडशो सेक्युरिटिज

- सगरमाथा सेक्युरिटिज

- इन्फिनिटी सेक्युरिटिज

- म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कम्पनी

- एलिट मर्चेन्ट क्यापिटल

- रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल

- रिलायबल भेन्चर क्यापिटल

यी ब्रोकरले सूचक संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ को दफा ७ (फ)को उपदफा (१) को खण्ड (क) बमोजिम कारबाही गरेको बोर्डले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐनअन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिएको निर्देशन वा आदेशको उल्लंघनमा उल्लिखित सजाय पर्याप्त नहुने देखिएमा नियमनकारी निकायले प्रचलित कानुनबमोजिमको उपयुक्त सजाय गर्नसक्ने व्यवस्था रहेको छ ।

धितोपत्र बोर्डले हाललाई ११ वटै ब्रोकरलाई सचेत मात्र गराई कारबाही गरेको हो । बोर्डले दिएको आदेश वा निर्देशन वा जारी गरेको मापदण्ड पालना नगर्ने सूचक संस्थालाई नियमनकारी निकायले लिखित रूपमा सचेत गराउने, ऐन वा यस ऐनअन्तर्गत बनेको नियम वा जारी गरेको निर्देशिका वा दिएको आदेश वा निर्देशनको उल्लंघन गरेमा सोको गाम्भीर्यका आधारमा १० लाखदेखि ५ करोड रुपैयाँसम्म जरिमाना गर्नसक्ने प्रावधान रहेको छ ।

कारोबार, पेसा वा व्यवसाय गर्न आंशिक वा पूर्ण रूपमा रोक लगाउने, अनुमतिपत्र, इजाजतपत्र वा दर्ता निलम्बन गर्ने वा अनुमतिपत्र, इजाजतपत्र वा दर्ता खारेज गर्ने कार्यसम्म गर्नसक्ने प्रावधान रहेको छ । बोर्डका अनुसार यी ब्रोकरलाई कारबाहीस्वरूप पहिलो चरणमा लिखित सचेत गराइएको हो । आगामी दिनमा कानुन कार्यान्वयन नगरेको खण्डमा थप कारबाही हुने बोर्डले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको