लगातार ६ दिन घटेपछि साताको दोस्रो दिन सोमबार नेप्से सकारात्मक देखिएको छ।
यस दिन नेप्से इन्डेक्स १९.३० विन्दुले बढेर २६२८ अंकमा आएको छ । ३२४ सूचीकृत कम्पनीको १ करोड २० लाख कित्ता सेयर खरिदबिक्रि हुँदा ७ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार भने अघिल्लो दिनको तुलनमा घटेको हो ।
आज होटल एण्ड टुरीजम बाहेक सबै सूचकमा हरीयाली छाएको छ। निर्जिवन बीमा र बैंकिङ क्षेत्रमा लगानीकर्ताहरुको उत्साह देखिएको छ।
आज सबैभनदा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ४१ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ओम मेगाश्रीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस