सान्भी इनर्जी लिमिटेड ले आज जेठ ९ गते, शुक्रबार देखि सर्वसाधारणका लागि आईपीओ (प्राथमिक सेयर) जारी गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई लक्षित गर्दै निष्कासन गरेको आईपीओको बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा आम नेपाली सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो।
कति कित्ता सेयर?
कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल २४ लाख १५ हजार ३०० कित्ता सेयर जारी गर्दैछ। यसले २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको पूँजी जुटाउने लक्ष्य लिएको हो।
आवेदन दिने समयसीमा
छिटोमा निष्कासन बन्द मिति: जेठ १३ गते, सोमबार
ढिलोमा निष्कासन बन्द मिति: जेठ २३ गते, बिहीबार
यदि सो समयभित्र पूर्ण आवेदन नआएमा निष्कासन जेठ २३ गतेसम्म खुला रहनेछ।
आवेदन कति कित्ता गर्न मिल्छ?
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
कसरी आवेदन दिने?
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै C-ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिन्छ।
साथै सीडीएससीको “मेरो सेयर” पोर्टलमार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ।
बिक्री प्रबन्धक
यो आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ।
कस्तो छ कम्पनी ?
यस कम्पनीले इलाम जिल्लाको सूर्योदय नगरपालिकामा अवस्थित जोगमई खोलामा ७.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाबाट कम्पनीले नियमित आम्दानी गरिरहेको छ। आयोजनाको कुल लागत १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ परेको छ।
यस्तै, कम्पनीले ५.२ मेगावाट क्षमताको जोगमई क्यासकेड जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ, जुन हाल निर्माणाधीन अवस्थामा छ। यस आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ४० लाख रुपैयाँ रहेको छ।
क्रेडिट रेटिङ संस्था केयर रेटिङ्सले कम्पनीलाई ‘बीबी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको जोखिम मध्यम स्तरको रहेको संकेत गर्दछ।
२०७९ पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार, कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा छ। तर, कम्पनी हालसम्म १२ करोड रुपैयाँ सञ्चित नोक्सानीमा रहेको देखिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस