Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा, सिद्धार्थ र सिटिजन बैंकले ६ महिनमा कति कमाए ? (विवरणसहित)

आइतबार, ०७ माघ २०७४, १६ : ११ मा प्रकाशित

सानिमा, सिद्धार्थ र सिटिजन बैंकले ६ महिनमा कति कमाए  ? (विवरणसहित)

अर्थ संसार, काठमाडौं–  चालु आर्थिक वर्षको ६ महिनाको वित्तिय विवरण सार्वजनिक गर्ने क्रम बैंक तथा वित्तीय संस्थाले सुरु गरेका छन् ।

आजसम्म सार्वजनिक भएका विवरणअनुसार बैंक तथा वित्तीय संस्थाको कमाई मात्रै नभई नाफाको अवस्था पनि कस्तो रहेको छ भन्ने देखिएको छ ।

विवरणअनुसार सानिमा बैंकले ३२ प्रतिशतले नाफा बढाएर रु ८२ करोड ४७ लाख पुर्याएको छ । गत बर्षको पुसमा बैंकको नाफा रु ६२ करोड २४ लाख रहेको थियो ।

बैंकको प्रति सेयर आम्दानी रु २० रहेको छ ।  गत बर्ष त्यस्तो आम्दानी रु २३ रहेको थियो । सिद्धार्थ बैंकले रु ७७ करोड २८ लाख नाफा गरेको छ । गत रु ७२ करोड ६० लाख नाफा गरेको थियो ।

बैंकको खराब कर्जा १.५० प्रतिशत छ भने प्रति सेयर आम्दानी रु २२ रहेको बैंकले जानकारी दिएको छ । सिटिजन्स बैंकले चालु आवको ६ महिनामा रु ६२ करोड ८६ लाख गरेको छ ।

गत बर्ष बैंकले रु  ६३ करोड १६ लाख नाफा गरेको थियो । बैंकका खराब कर्जा १.९४ प्रतिशत छ भने प्रति सेयर आम्दानी रु १५ रहेको छ ।

यो पनि पढ्नुहोस्

बुटवल पावरको एफपिओ माघ १५ गतेदेखि बजारमा

रसुवागढी र साञ्जेनको आइपिओ आउँदै , पुस २० सम्मका कर्मचारीले आवेदन दिन पाउने (व्यवस्थासहित)

नेप्से ३.८५ अंकले घट्दा ५० करोडमाथिको कारोबार

एन.आई.डी.सी.डेभलपमेन्ट बैंकलाई गाभ्न विशेष सधारणसभा बोलायो राष्ट्रिय वाणिज्य बैंकले

प्रभू बैंकको हकप्रदको बिक्री खुल्ला, यहाँबाट आवेदन दिनुहोस्

साल्ट ट्रेडिङले २० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको