भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।
बैठक सुरु हुनासाथ माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरू उठेर विरोध जनाए। त्यसपछि सभामुख देवराज घिमिरेले दलका प्रतिनिधिहरूलाई धारणा राख्न समय दिए।
माओवादी केन्द्रका उपमहासचिव तथा सांसद वर्षमान पुनले यो प्रकरण सामान्य भ्रष्टाचारको मात्र नभई संगठित मानव तस्करीसँग जोडिएको गम्भीर मुद्दा भएको बताए। उनले मुख्य आरोपी तीर्थ भट्टराई गृहमन्त्रीकै पहलमा विदेश पठाइएको र गृहमन्त्रीको सचिवालयसमेत प्रत्यक्ष संलग्न रहेको दाबी गर्दै, गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर अनुसन्धानमा सहजीकरण गर्नुपर्ने माग राखे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस