Like us!
Follow us!
Connect us!
Watch us!
सर्वसाधारणका लागि आईपीओ खुला

ट्रेड टावरको आईपीओ आजबाट सार्वजनिक निष्काशनमा

अर्थ संसार

बुधबार, १४ जेठ २०८२, ०७ : २० मा प्रकाशित

ट्रेड टावरको आईपीओ आजबाट सार्वजनिक निष्काशनमा

ट्रेड टावर लिमिटेडले आज (जेठ १४ गते) बाट सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (IPO) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि शेयर जारी गरिएको हो।

कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ रहेको छ। सोको ४८.६९६ प्रतिशत बराबरको रकम, अर्थात ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्ने अनुमति पाएको थियो।

यसअनुसार कम्पनीले अब सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर, कुल ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरमा निष्काशन गर्न लागेको हो।


पहिलो चरणमा बाँडफाँट भइसकेको शेयर

यसअघि, निम्न वर्गका लागि शेयर निष्काशन गरि बाँडफाँट गरिसकिएको छ:

  • वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि: ३,९७,१६९.३० कित्ता

  • सामूहिक लगानी कोषहरुका लागि: १,९८,५८४.६५ कित्ता

  • कर्मचारीहरुका लागि: ७९,४३३.८६ कित्ता


आवेदन विवरण

  • न्यूनतम आवेदन: १० कित्ता

  • अधिकतम आवेदन: १,००० कित्ता

  • छिटोमा निष्काशन बन्द हुने मिति: जेठ १९ गते

  • पूर्ण आवेदन नपरेमा अन्तिम म्याद: जेठ २८ गतेसम्म


आवेदन दिने तरिका

सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयहरु तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको 'मेरो शेयर' प्रणाली प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।


बिक्री प्रबन्धक र रेटिङ

  • बिक्री प्रबन्धक संस्था: लक्ष्मी सनराइज क्यापिटल लिमिटेड

  • आईपीओ रेटिङ: इक्रा नेपालले ‘ICRA NP Issuer Rating BB-’ प्रदान गरेको छ

    • यो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको