Like us!
Follow us!
Connect us!
Watch us!

बुटवलमा महिलासहित दुई बालिकाको विभत्स हत्या, एक जना पक्राउ

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, १८ : ०१ मा प्रकाशित

बुटवलमा महिलासहित दुई बालिकाको विभत्स हत्या, एक जना पक्राउ

बुटवल उपमहानगरपालिका–११ स्थित होराइजनचोक नजिकै मिलिजुली पथमा एक महिलासहित दुई बालिकाको विभत्स हत्या भएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार घरेलु हतियार प्रयोग गरी हत्या गरिएको हो।

प्रहरीका अनुसार ३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरू – ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल –को हथौडा र चक्कु प्रहार गरी हत्या गरिएको स्थानीयले बताएका छन्।

घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको