Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृत्यु

अर्थ संसार

बुधबार, १४ जेठ २०८२, ११ : २१ मा प्रकाशित

कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोनाले अझै ज्यान लिइरहेको छ ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार पछिल्लो एक सातामा कोभिड–१९ का कारण ३५० अमेरिकीको मृत्यु भएको छ । यो संख्या पहिलेको तुलनामा कम भएपनि चिन्ता भने कायमै रहेको उसले जनाएको छ ।

 कोभिडको नयाँ सब–भ्यारियन्ट एनबी १.८.१ अमेरिका, सिंगापुर र हङकङ लगायत एशियामा तिब्र गतिमा फैलिरहेको छ। वैज्ञानिकहरूका अनुसार यो भेरियन्ट अझ छिटो फैलिने देखिएको छ । यद्यपि यसको गम्भीरताबारे अनुसन्धान भने जारी रहेको सिडिसीले जनाएको छ।
खासमा अमेरिकामा २३ प्रतिशत वयस्कहरूले मात्र अद्यावधिक खोप लिएका छन्। यो संख्या बालबालिकामा पनि कम छ, केवल १३ प्रतिशत मात्रै । समयसँगै खोप नलिनु र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु दुवै कारण यो समस्या बनिरहेको विज्ञहरू बताउँछन् ।

 नयाँ भाइरसले वृद्धवृद्धा र पहिलेदेखि नै बिरामी भएकाहरूलाई बढी असर गरिरहेको छ। त्यसैले ६५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई प्रत्येक ६ महिनामा दुई डोज खोप लिन सल्लाह सिडिसीले दिएको छ।

अर्को ठूलो कारण भनेको अवस्था बिग्रिएसम्म मानिसहरू उपचार गर्न नखोज्नु पनि मानिएको छ । मोल्नुपिराभिर (मर्क), प्याक्सलोभिड, फाइजरं जस्ता एन्टिभाइरल चक्कीहरू अमेरिकामा उपलब्ध छन्, जुन लक्षणहरू देखा परेको पाँच दिन भित्र लिन सकिन्छ। तर, धेरैले सही समयमा सो औषधी प्रयोग गर्दैनन्। 
समयमै परीक्षण र औषधिले गम्भीर संक्रमणबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको