सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न आर्थिक वर्ष २०८२/०८३ का लागि राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गरिँदैछ। त्यसअघि, बजेट अनुमोदनका लागि मध्याह्नमा मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने तय भएको छ।
आजै अपराह्न राष्ट्रिय योजना आयोगको बैठक पनि बस्नेछ, जसको अध्यक्षता प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्, प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।
संघीय संसदको बैठक अपराह्न ३:०० बजेका लागि बोलाइएको छ, जहाँ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस